समाज

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

पुस ६, २०७६

    जाजरकोट : भेरी नगरपालिका-११ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

    सल्यानको सल्लीबजारबाट भेरी नगरपालिका-१ घरतर्फ भे. ८ प ८१५९ नम्बरको मोटरसाइकलमा आइरहेका ३६ वर्षीय जीतसिंह परियारलाई रुकुम पश्चिम आठविसकोट नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको  रा. १ द १४ नम्बरको आठविसकोट नगरपालिकाको ट्याक्टरले ठक्कर दिएको हो।

    ठक्करबाट घाइते परियारको चौरजहारीस्थित मेसिन अस्पतालमा उपचारका क्रममा आइतबार चार बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

    परिवार नेपाल कम्युष्टि पार्टी (नेकपा) जाजरकोटका जिल्ला कमिटी सदस्य हुन्। नगरपालिकाको ट्याक्टर र चालक आठविसकोट नगरपालिका-११ राडीका सुरज कामीलाई नियन्त्रणमा लिएको खत्रीले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]