समाज

सोमबारदेखि शुक्रबारसम्म रौतहटका विद्यालय बन्द

पुस ६, २०७६

    रौतहट : रौतहटको राजदेबी नगरपालिकाले पुस ११ गते सम्मका लागि विद्यालय बन्द गरेको छ। सोमबार ७ गतेदेखि शुक्रबार ११ गते सम्मका लागि राजदेबी नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको नगर प्रमुख धिरेन्द्र सिहले जानकारी दिए।

    बढदो चिसो तथा शितलहरले गर्दा जनजीवन प्रभावित भएपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए। पुस १ गतेदेखि रौतहटलगायत तराइका जिल्लाहरूमा शितलहर पर्न थालेको हो।

    जाडो बढेपछि स्थानीय तहहरूले पनि टोलटोलमा दाउरा वितरण गर्न थालेका छन् भने प्रहरीले जिल्लाको बिभिन्न ४१ ठाउँमा आगो ताप्ने व्यवस्था पनि गरेको छ।


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]