समाज

आधा दर्जन छावा जन्माउने पूजाकलीको मृत्यु

पुस ८, २०७६

    चितवन : लामो समयदेखि बिरामी परेकी ३८ वर्षकी ‘पूजाकली’ हात्तीको मृत्यु भएको छ।

    हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको मंगलबार बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए।

    पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिए। 'एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो,' उनले भने, 'लाखौँ खर्च भयो तर रोग पत्ता लागेन।'

    पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएको थियो। पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन्। चिकित्सक श्रेष्ठका अनुसार केन्द्रमा सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पूजाकली पनि थियो। पूजाकली शव परीक्षणको तयारी भइरहेको छ।

    विसं २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो। चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन्। ७४ वर्षसम्मको हात्ती चितवन राष्ट्रिय निकुञ्जमा पालिएको छ। हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]