राजनीति

राजीनामा दिँदै उपेन्द्रले भने : ओलीले सम्झौता तोडे, सरकारमा बस्‍न नैतिकताले दिएन

संविधान संशोधनमा असफल

पुस ८, २०७६

    काठमाडौं : लामो समयदेखिको अन्योल तोड्दै समाजवादी पार्टी अन्ततः सरकारबाट बाहिरिएको छ। 

    समाजवादी पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा घोषणा गरेका हुन्। 

    उनीसँगै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि पदबाट राजीनामा दिएका छन् । एकपन्ने राजीनामा पत्रमा समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन्।

    संविधान संशोधनको अपेक्षासहित सरकारमा गएका यादव र प्रम ओलीबीच पछिल्लो समय बोलचाल नै बन्द थियो। लामो समयदेखि दुई नेताबीच संवादहीनताको अवस्थामा थियो। 

    सोमबार यादवले संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता गराउन खोजिएपछि प्रम ओली रिसाएका थिए। यादवले अचानक प्रस्ताव गरेपछि रिसाएका ओलीले ‘स्टप’ भन्दै बेला न कुबेला संविधान संशोधनको कुरा गरेको भन्दै यादवलाई गालीसमेत गरेका थिए। 

    ‘सोमबारको मन्त्रिपरिषद् बैठकमा मैले संविधान संशोधनका लागि प्रस्ताव गरेको थिएँ’, तर दुई बुँदे सहमतिबाट सरकार पछि हटेर त्यसलाई तोडेकाले नैतिकताको आधारमा मन्त्री पदमा बसिरहन औचित्य नभएको ठहरसहित पदबाट राजीनामा दिएको छु।’


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]