समाज

लकडाउन : काठमाडौंमा सवारी साधनमाथि कडा चेकजाँच

पास नलिएका सवारीलाई नियन्त्रणमा लिइँदै

बैशाख १६, २०७७

    काठमाडौंः गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई लकडाउन कडाइका साथ पालना गर्न परिपत्र जारी गरेपछि उपत्यकामा सुरक्षाकर्मी झन् सक्रिय भएका छन्। उनीहरुले तीन जिल्लामा मंगलबार बिहानैदेखि थप कडाइ गरेर चेकजाँच गरिरहेका छन्। 

    प्रहरीले सडका हिँडेका मानिस र गुडेका सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ। गृहले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारी गुडाउन निर्देशन दिएको छ।

    सवारी पास लिएका साधनलाई उनीहरुको आवश्यकता हो होइन  हेरेर मात्रै चलाउन दिइएको छ। प्रत्येक सवारी साधनको सवारी पास परीक्षण गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।

    ट्राफिक प्रहरी चौबीसै घण्टा खटिएका छन्। सवारी पास नभई गुडाएमा कारबाही गरिने ढकालले जानकारी दिए। नयाँ बानेश्वर, सिंहदरबार, त्रिपुरेश्वर, हनुमानथान, थापाथली, टेकु, दरबारमार्गलगायत मुख्य-मुख्य चोकमा प्रहरीेले चेकिङ गरिरहेको छ। 

    यसअघि स्थानीय तह, मन्त्री, नेता र सांसदको पहलमा अघोषित रूपमा काठमाडौंबाट नागरिकलाई बसमा लगिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]