स्वास्थ्य

‌औलोको जोखिमयुक्त शुक्लाफाँटामा ‘डेल्टामेथ्रिन’ छर्किइयो

बैशाख १८, २०७७

    कञ्चनपुर  ः औलोको उच्च जोखिममा रहेका कञ्चनपुरको शुक्लाफाँटाा नगरपालिकाका दुई वडामा लामखुट्टे नियन्त्रण गर्न ‘डेल्टामेथ्रिन’ नामक किटनाशक विषादी छर्किएको छ। नगरपालिकाका वडा नं ३ र ४ का एक हजार एक सय ८३ घर तथा वडा नं ४ का आठ सय घर र वडा नं ३ का तीन सय ८३ घरमा विषादी छर्किएको हो। 

    औलो सार्ने एनोफ्लेज जातको पोथी लामखुट्टेको आयु कम गरी रोग लाग्ने दरमा कमी ल्याउनका लागि निःशुल्क विषादी छर्कने कार्य गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए।

    'विषादीका कारण लामखुट्टेको आयु घट्नेभएकाले एक दुई दिनमै मर्ने हुदा रोग सार्ने दरमा निकै कमी आउने हुन्छ,' उनले भने, ‘दुवै वडामा तीनवर्ष देखि विषादी नछर्किएको र झुल समेत वितरण नगरिएकाले किटनाशक विषादी छर्केका छौं।’ ‘लामखुट्टेको जीवन चक्र पुरा हुन १० दिन लाग्ने र यो पुरा नहुँदै विषादी छर्कँदा  लामखुट्टे मर्ने भएकाले औलो नियन्त्रणमा आउने उनले बताए।

    नगरपालिकाको कार्यपालिकाले औलोको उच्च जोखिममा रहेका वडाहरुको छनौट गरी विषादी छर्किएको पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले बताए। विषादी छर्कनका लागि आठ जना स्पेयर र एक जना सुपरभाइजर परिचालन गरिएको थियो। दुवै वडाका बासिन्दाका घर, नल्का नजिक जमेको पानी, गोठ र सार्वजनिक कार्यालयमा समेत विषादी छर्किइएको छ।

    लकडाउनका क्रममा भारतबाट फर्केका केही व्यक्तिहरुमा औलोको संक्रमण देखिएपछि नगरपालिकाले विषादी छर्कने र झुल वितरण गर्ने कार्य अगाडी बढाएको छ। गत वर्ष नगरपालिकाका वडा नं १,५ र १२ मा विषादी छर्किइएको थियो। भारतबाट आएर लालझाडी गाँउपालिकाको क्वारेण्टाइनमा बसेका दुई जनामा औलोको संक्रमण देखापरेको छ।

    नगरपालिकाका अन्य वडाहरुमा प्राथमिकताका आधारमा विषादी छर्कनका लागि योजना बनाईएको छ। प्रतिवर्ष विषादी छर्कने र निःशुल्क किटनाशक झुल वितरण गर्ने कार्यले मलेरियाका बिरामीको संख्या घट्दै गएको छ। 

    औलोको जोखिममा रहेका जिल्लाका अन्य नगरपालिकाका वडाहरुमा पनि विषादी छर्कने कार्य भैरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]