समाज

भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा चार घर जल्यो

बैशाख १८, २०७७

    भद्रपुर, झापा : दमक नगरपालिका-३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा चार घर जलेको छ।

    शरणार्थी बस्ने घर जल्दा करिब १७ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। बिहीबार बिहान २ बजे शिविरको बीथ्री हट नम्बर २६० मा रहेको टिकाराम चापागाईँको घरबाट आगो लाग्न सुरू भएको थियो। 

    आगलागीबाट चापागाईँसहित छिमेकी पदम चापागाईँ, रूप नारायण दुलाल र हर्क बहादुर सुब्बाको घरसमेत जलेर नष्ट भएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    आगलागीको कारण खुलेको छैन। शिविरमा लागेको आगो दमक नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय दमकका प्रहरी, स्थानीयको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]