समाज

आज विश्व वातावरण दिवस

जेठ २३, २०७७

    काठमाडौ‌ : आज विश्व वातावरण दिवस।  संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ। 

    वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो। 

    सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन  ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो।

    यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले  स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन।  विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले  समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि देशमा उपलब्ध जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दीगो उपायले महìवपूर्ण योगदान पुर‍्‍याउने समेत स्पष्ट पारेका छन्। 

    ‘नेपालको संविधानले परिलक्षित गरेको समतामूलक समाजको निर्माणका लागि हासिल गर्नुपर्ने आर्थिक उपलब्धि, रोजगारी सिर्जना, औद्योगिक विकास, आर्थिक उपलब्धिको न्यायोचित वितरण एवं सन्तुलित वातावरण र स्थायित्वयुक्त परिस्थितिकीय प्रणाली जस्ता महìवपूर्ण सूचकका लागि नेपालमा उपलब्ध जैविक विविधताको अहम् भूमिका रहिआएको छ’–उनले सन्देशमा भनेका छन्। 

    हालै कार्यान्वयनमा ल्याइएका पन्ध्रौं योजनमा वन, जैविक विविधता तथा जलाधार क्षेत्रलाई आर्थिक आधार क्षेत्रका रूपमा समेत परिभाषित गरी तदनुकूलका नीति रणनीति, कार्ययोजना तथा कार्यक्रम तय गरिएको उल्लेख प्रधानमन्त्री ओलीले यस योजनाको कार्यान्वयनमा तीनै तहका सरकार संवैधानिक क्षेत्राधिकार अनुसार क्रियाशील र दत्तचित्त भएर लागिरहेका बताएका छन्। 

    ‘जैविक विविधताको महìव र योगदान बहुआयामिक छ, त्यसैले निरन्तर बढ्दो जनसङ्ख्याको चाप र विकासका क्रियाकलापको तीव्रतर कार्यान्वयनमा वातावरणमैत्री विधि अपनाउनु पर्दछ’, उनको शुभकामना सन्देशमा उल्लेख छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]