समाज

बैतडीको क्वारेन्टाइनमा बसेका १९ स्वास्थ्यकर्मी काममा फर्किए

सुत्केरीको कोरोना रिपोर्ट नेगेटिभ

जेठ २५, २०७७

    बैतडी : गएको ४ दिनदेखि सेल्फ क्वारेन्टाइनमा बसेका जिल्ला अस्पताल बैतडीका १९ स्वास्थ्यकर्मी आइतबारदेखि काममा फर्किएका छन्।  अस्पतालमा सुत्केरी भएकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै स्वास्थ्यकर्मी काममा फर्किएका जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए।

    यही जेठ २० गते जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी भएकी महिलामा एक्कासी ज्वरो बढेपछि कोरोना आशंकामा थ्रोट स्वाबको नमूना  संकलन गरेर पिसिआर परिक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो।

    दोगडाकेदार ६ सित्तड घर भएकी १९ वर्षीया सुत्केरी महिलालाई उच्‍च ज्वरोका साथै आरडिटी पोजेटिभ आएपछि थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। बच्चाको भने आरडिटी रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो।

    सुत्केरी महिलाको कोरोना रिपोट नेगेटिभ आएसंगै सेल्फ क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मी पनि काम फर्केका छ। सुत्केरी महिलामा कोरोनाको शंकास्पद लक्षण देखिएपछि शल्यक्रिया तथा उपचारमा संलग्न १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका थिए।

    १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बस्दा प्रभावित भएका अस्पतालका सेवाहरु नियमित रुपमा सुचारु भएका छन्। रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला अस्पतालमै भर्ना रहेका सुत्केरी महिलालाई पनि डिस्चार्जको तयारी भएको प्रमुख डाक्टर जोशीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]