समाज : सुरक्षा/अपराध

श्रीमतीद्वारा सल्यानमा श्रीमानको हत्या

जेठ २६, २०७७

    सल्यान : त्रिवेणी गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। वडा नम्बर ६ भुम्केज्युलाकी ३६ वर्षीया महिलाले ३८ वर्षीय डिल्लीबहादुर घर्तीको हत्या गरेकी हुन्।

    आइतबार राति साढे ८ बजे घरमा काठ चिर्ने फलाम प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

    हत्या आरोपित श्रीमतीलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ। मृतक घर्तीको शवको पोष्टमार्टम सोमबार हुने प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]