राजनीति

प्रतिनिधि सभामा आज २१ मन्त्रीले जवाफ दिने

जेठ २६, २०७७

    काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठकमा आज बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने र विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

    संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्सहित २१ वटा मन्त्रालयको बजेटका बारेमा सांसदहरुले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाृे छ।

    बैठकमा सांसदहरुले पेश गरेको दुई दर्जन बढी खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ पेश गर्ने कार्यसूची  छ। मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडले विनियोजन विधेयक निर्णयार्थ पेश गर्नेछन्। 

    यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]