स्वास्थ्य

हिरासतमा रहेकामा कोरोना देखिएपछि गोरखा पुग्यो डब्लुएचओको टोली

जेठ २६, २०७७

    पर्वतञ :  प्रहरी हिरासतमा रहेका व्यक्तिमा समेत कोरोना संक्रमणको पुष्टि भएपछि यसबारेमा बुझ्नको लागि विश्व स्वास्थ्य संगठन (डब्लू.एच.ओ) को टोली नै गोरखा पुगेको छ। आइतबार बिहान गोरखाका १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएकोमा एक जना जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका १७ बर्षिय युवकसमेत रहेका छन्।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कालीगण्डकी गाउँपालिकामा पुष्टी भएका संक्रमितहरुको भन्दा पनि हिरासतमा रहेका यूवामा कसरी कोरोनाको पुष्टी भयो? भन्ने बारेमा स्थलगत अध्ययन गरी तथ्यको खोजी गर्न डब्लुएचओ र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधी सहितको संयुक्त टोली गोरखा पुगेको हो। उक्त टोलीमा टोलीमा डब्लुएचओका डा. राजिव लालचन र स्वास्थ्य निर्देशनालयका नानीबाबु दानी सहित अन्य २ जना रहेका छन्।

    प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र गण्डकी प्रदेशका संयोजक नबराज शर्माका अनुसार अध्ययनका लागि गएको टोलीले मुख्य गरी हिरासत रहेका व्यक्तिको कन्ट्राक्ट ट्रेसिङ लगायतका कुराहरुको अध्ययन गर्ने छ।

    ‘हिरासतमा रहेका व्यक्तिमा कोरोनाको संक्रमण कसरी पुग्यो? भन्ने बिषयले ध्यान तानेको छ। हिरासतमा नै कोरोना पुग्यो भने अन्य व्यक्तिहरु कति सुरक्षित होलान?’ उनले भने, ‘यही कुराको सत्यतथ्य पत्ता लगाउनको लागि टोली गोरखा गएको हो। टोलीले ती यूवा हिरासतमा रहेका बेला उनको सम्पर्कमा आएकाहरु, उनको मुद्धाको सुनुवाई र प्रमाण तथा बयानका लागि लगिएका अस्पताल, अदालत लगायतका स्थानमा प्रहरीले लिएर जाँदाको अवस्था र त्यो बेला भएको लसपस तथा हिरासतमा रहँदा गरेका सबै गतिबिधिहरुको बारेमा अध्ययन गर्ने छ।

    गोरखामा आईतबार संक्रमणको पुष्टी भएकामध्ये ८ जना भारत र एक जना काभ्रेबाट आएपछि क्वारेन्टाइनमा बसेकाहरु हुन्। हिरासतमा रहेका यूवक भने पालुङटार नगरपालिकाका हुन्। जबरजस्ती करणीको आरोपमा १० दिनअघि ती युवालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। ती युवाको आरडीटीमा भने नेगेटीभ रिपोर्ट आएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]