समाज

अपहृतको फन्दाबाटै आफैं फुत्किए बालक

जेठ १६, २०७३

    महोत्तरी- सर्लाहीका एक बालकले अपहरणकारीको फन्दाबाट भागेर ज्यान जोगाउन सफल भएका छन् । 

    मोटरसाइकलमा आएका अपरिचित दुई मोटरसाइकलमा आएका चार युवकले “आमा बिरामी छिन्” भनी झुक्याएर सर्लाही ढुङ्ग्रेखोला–९ थलहीका राजेन्द्र महतोका स्कुले छोरा कुसेकुमारलाई आज बिहान अपहरण गरेर लगेका थिए । 

    विद्यालयमा पढ्न गएका समयमा सो व्यक्तिले आमा बिरामी अवस्थामा सुख्खे पोखरीस्थित अस्पतालमा भर्ना भएको भनी झुक्याउँदै आफूसँग लगेको बालकले बताएका छन् । मोटरसाइकलमा बसाएर ती व्यक्तिले बालकलाई पूर्व–सर्लाहीको एक जङ्गलमा लगेर आफूलाई आँखामा पट्टी बाँधिदिएको उनले बताएका छन् । 

    अपहरणकारी एकापसमा गफिन थालेपछि उनीहरुको आँखा छलेर भागेको बालकले बताएका छन् । उनी भागेर जङ्गलमा दाउरा सङ्कलन गर्दै गरेको महिलाकहाँ पुगेका थिए । ती महिलाले आफ्नो आँखाको पट्टी खोलिदिएको उनले बताए । बालकका अनुसार आफू भागेको थाहा पाएपछि अपहरणकारीले सुन सुन भन्दै दौडेर बोलाउन आएका थिए । सडकमा पुगेपछि बस चढेर महोत्तरीको बर्दिबास आइपुगेका ती बालकको अवस्थाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । 

    इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमार सिंहका अनुसार चिन्तित मुद्रामा रहेका बालक अहिले सुरक्षित छन् । बालकका आफन्तलाई बोलाउन सूचना पठाइसकिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक जीवन गिरीले बताउनुभयो । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]