खेलकुद

कहाँ छन् मेस्सी?

आफ्नो परिवारसँगका केही फोटो सार्वजनिक

असार १९, २०७३

    अघिल्लो साता कोपा अमेरिका फुटबलको उपाधि चुम्न असफल भएका लियोनेल मेस्सी त्यसयता हराएका छन्। मेस्सी कहाँ छन्? यसबारे अर्जेन्टिनी सञ्चार माध्यमले केही भनेका छन्, न त उनको क्लब बार्सिलोनाले केही बताइरहेको छ।

    चार वटा फाइनल खेलेर पनि उपाधि जित्न नसकेपछि अर्जेन्टिनी राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका मेस्सी अहिले आफ्नो परिवारसँग बहामसमा छुट्टी मनाइरहेका केही फोटो सार्वजनिक भएको छ।


    एटलान्टिक महासागरको मध्यभागमा रहेको बहामस टापु छुट्टी विताउन चाहनेहरुका लागि आकर्ष गन्तब्य हो । मेस्सी अहिले आफ्नी श्रीमती एन्टोनेला रोकुजो र दुई छोरा थियागो र मटेओका साथमा बहामसमा रहेका छन्।

    सार्वजनिक फोटाहरुमा मेस्सी अझै त्यही दाह्रीमा देखिन्छन्, जुन कोपाका खेलका दौरान उनले पालेका थिए। कोपा जितेपछि सबै सर्जियो अग्गुएरो, लाभाजीलगायत मेस्सिले दाह्री काट्ने योजना बनाएका थिए।

    कोपाको पराजयसँगै राष्ट्रिय टिम छाडने निर्णय गरेका मेस्सीलाई अहिले आफ्नो निर्णय फिर्ता लिन विश्वभरिबाटै दबाब बढेको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]