|

दाङ : प्रहरीले  एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ गरेको छ। पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका ५ सलौराका २४ वर्षीय हेमराज केसी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

केसीले आइतबार राति करिब ९ बजेतिर सोही ठाउँकी ४५ वर्षीया महिलालाई  घर नजिकै बलात्कार प्रयास गरेका थिए। पीडितको उजुरी आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले ओरापीलाई आइतबार  राति उनकै घरबाट पक्राउ गरेको हो। 

पक्राउ परेका युवकविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा  दर्ता गरी दाङ देउखुरी जिल्ला अदालत घोराहीबाट दिन १० म्याद थप भई थप अनुसन्धान भई रहेको इप्रका तुलसीपुरका प्रवक्ता एवं इन्स्पेक्टर चक्र डमरपालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.