|

रुकुम : जिल्ला सदरमुका खलंगामा एक दिने योग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। होटल एभरेष्टमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट गरि ३० जना बढीको सहभागिता रह्‍यो। 'भोग र शोक  विरुद्ध योग' भन्ने मुल नाराका साथ योग प्रशिक्षणको आयोजना गरिएको हो।

विश्वव्यापीकरणसँगै मानिसहरुमा भित्रिएको मानसिक समस्या, खानपान, तनाव र अस्वस्थताको समस्यामा लाई सदसम्म सामान्यकरण गर्न योग शिक्षा अभिमुखिकरण आयोजना गरिएको आयोजक जय आरोग्य मञ्च रुकुमका अध्यक्ष समोज देवकोटाले जानकारी दिए।

उनका अनुसार रुकुम द्धन्द्धको उद्गम थलो रहेका कारण पनि धेरै मानिसहरुमा तनाव, पारिवारिक अशान्ति लगायतका धेरै समस्या देखिएका छन्।  उनले योग शिक्षा कार्यक्रम गाउँसम्म पनि बिस्तार गर्ने योजना रहेको बताए। कार्यक्रमको सहजीकरण योग गुरु डम्मरबहादुर ओलीले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.