|

जाजरकोट : बार्दलीबाट लडेर घाइते भएका थालारैकर ९ रोकायजातका २४ वर्षीय पुर्णबहादुर रोकायको मृत्यु भएको छ। 

स्थानीय व्यापारी जरिमान रोकायको घरको बार्दलीबाट उनी लडेका थिए। उनलाई विवादपछि जयबहादुर रोकायले घरको बार्दलीबाट धकेलेका थिए। त्यसपछि घाइते भएका पुर्णबहादुरलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिएको थियो।

स्वास्थ्य चौकीमा उपचार संभव नभएपछि थप उपचारका लागि सुर्खेत लैजादैँ गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पुर्णबहादुर रोकायलाई घरको बार्दलीबाट धकेली गम्भीर घाइते बनाउने  जयबहादुर रोकाय प्रहरीको नियन्त्रणमा छन्।

घटनाको अनुसन्धान भैरहेको ‍जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.