|

दाङ : पछिल्लो समय दाङमा कोरोना संक्रमित बढ्दै गएपछि उनीहरुलाई राख्न स्थानीय तहले आफै आइसोलेसन सेन्टर निर्माण गरेका छन्। त्यसैगरी  कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा संक्रमितलाई शुक्रबारबाट राख्न सुरु गरिएको छ।

जिल्लाको देउखुरी उपत्यका अन्तरगतका ४ पालिकाहरुको संयुक्त पहलमा संक्रमितहरुलाई राख्न राप्ती गाउँपालिकाको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो।

शुक्रबार राप्ती गाउँपालिका १ , ३ र ४ का ६ जनामा कोरोना पोजिटिभ देखिएका ५ पुरुष तथा १ जना महिलालाई उक्त आइसोलेसन सेन्टरमा राखिएको हो। कोरोना संक्रमित राख्नुपूर्व राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरको अवस्था, राखिएकाको लागि बस्न, खानको ब्यवस्थालगायतका विषयमा स्थलगत अनुगमनसमेत गरेका थिए।

उक्त आइसोलेसन सेन्टरमा राखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै शारीरिक समस्या नरहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए।

संक्रमित ६ जना भारतबाट आएका थिए। उनीहरु स्थानीय नवप्रतिभा क्वारेन्टाइन र सिरिचौर क्वारेन्टाइनका बस्दै आएका थिए। आइसोलेसन सेन्टरमा देउखुरी क्षेत्रमा रहेका ४ वटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी परिचालन गरेर उपचारको प्रबन्ध मिलाइएको छ भने नेपाली सेनाले सुरक्षा दिने काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.