|

पाकिस्तान : लाहोरमा भएको आत्मघाति बम बिस्फोटमा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। सरकारले कानूनमा गरेको संशोधनको विरोध गर्दै मेडिकल पसलेहरुले थालेको आन्दोलनलाई लक्षित गरेर बिस्फोट गरिएको थियो।

बिस्फोटमा प्रहरी अधिकारीको पनि मृत्यु भएको बताइएको छ। दर्जनौ व्यक्ति घाइते छन्। जमत उल अहरर नामक समूहले यस बिस्फोटको जिम्मा लिएको छ। सैनिकले चलाएको अपरेशको विरोधमा बिस्फोट गराइएको दाबी उसले गरेको छ। बिस्फोटमा मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.