|

डडेल्धुरा : डडेल्धुराका पाँच जना कोरोना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। सुरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि १४ सम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार शनिबार डिस्चार्ज गरिएको हो।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। उनीहरूलाई डडेल्धुरा सदरमुकामस्थित अपि अस्पतालमा राखिएको थियो।

कुनै किसिमको लक्षणदेखा नपरेपछि होम क्‍वारेन्टाइनमा बस्ने गरी उनीहरूलाई घर पठाइएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।

‘१४ दिनसम्म उहाँहरुको कोरोनाको कुनै लक्षण देखिएन। स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार घर पठाइएको हो।’ उनले भने, ‘उनीहरूको स्वाब संकलन गरेको दिनदेखि गन्ने हो भने १४ दिनभन्दा बढी भइसकेको थियो। कुनै लक्षण देखिएन र घर पठाइयो।’ उनीहरुको स्वास्थ्य परीक्षण गरेर घर पठाइएको हो।

उनीहरू यही जेठ ९ र १० गते भारतका विभिन्न सहरबाट आएका थिए। २ जना मुम्बईबाट आएका हुन्। दिल्ली, पञ्जाब र गुजरात एक–एक जना आएका  थिए। थप पाँच जना डिस्चार्ज भएसँगै डडेल्धुरामा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.