संक्रमित महिला कुवेतबाट उद्धार गरी ल्याइएकी हुन्

|

पाँचथर : जिल्लाकी एक महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिका घर भएकी २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए। जेठ ३२ गतेदेखि उनी फिदिमस्थित पाँचथर बहुमुखी क्याक्पसकाे क्वारेन्टाइनमा बसेकी थिइन्। ती महिलाको असार १ गते स्वाब संकलन गरी पठाइएकोमा रिपोर्ट मंगलबार (आज) आएको प्रमुख सुवेदीले बताए। 

कुवेतबाट ल्याइएका उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो। उनीसँगै अन्य मुलुकहरुबाट उद्धार गरेर ल्याइएका ३ जनामा भने संक्रमण नदेखिएको सुवेदीले बताए। संक्रमण पुष्टि भएका महिलालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.