|
फाइल तस्बिर

काठमाडौं : गुठी संरक्षणका लागि गठित राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले बिहीबार साँझ चोकचोकमा दीप प्रज्वलन गर्ने भएको छ। गत असार ४ गतेको गुठी विधेयक विरुद्धको ऐतिहासिक विशाल खबरदारी सभालाई स्मरण गर्दै संघर्ष समितिले  बिहीबार साँझ  ७: ३० बजे दीप प्रज्वलन गर्न लागेको हो।   

संघर्ष समितिका संयोजक  गणपति लाल श्रेष्ठले असार ४ गतेको ऐतिहासिक विशाल खबरदारी सभालाई स्मरण गर्दै र कोरोना महामारीको संवेदनशील अवस्थालाई समेत मध्यनजर गरी दीप प्रज्वलन गर्न लागेको बताए। ‘गत वर्षको असार ४ गते गुठी विधेयक विरुद्धको ऐतिहासिक विशाल खबरदारी प्रदर्शन भएको थियो,’उनले भने,‘त्यही ऐतिहासिक दिन एक वर्ष पुगेको अवसरमा बिहीबार साँझ चोक, मन्दिर, चौरलगायत स्थानमा सतर्कताका साथ सामाजिक दूरी कायम गरी दीप प्रज्वलन गर्दै छौँ। यसै समयमा आफ्नो टोलटोलमा दीप प्रज्वलन गरिदिन हुन सबैलाई अनुरोध गर्दछु।’

उनले गुठीको गठित सुझाव समिति स्पष्ट नरहेको कानुन निर्माण गर्ने विषयमा सरकारको पाइला शंकास्पद रहेको भन्दै खबरदारीको लागि त्यसै समयमा माइतीघर मण्डलामा पनि  दीप प्रज्वलन गरिने जानकारी दिए।  सरकारले फिर्ता लिएको गुठी विधेयक खारेजीको माग राख्दै २०७६ असार ४ गते गुठियार र संरक्षणकर्मीको अगुवाईमा माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.