|

मनाङ : वर्षाका कारण चामे बेसिसहर सडक अवरुद्ध भएको छ। वर्षाका कारण लमजुङको मर्स्याङदी गाउँपालिकामा पर्ने स्यागे, रामबजार लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएको स्थानीय नरबहादुर गुरुङले बताए।

मनाङ जाने एक मात्र चामे बेसीशहर सडक अवरुद्घ हुँदा मनाङमा खाध्यान्नलगायत अति आवश्यक सामग्री ओसापसारमा समस्या भएको स्थानीय मिनराशि गुरुङले बताए।

सडक अवरुद्ध भएसँगै गम्भीर बिरामी परिहालेमा मनाङवासी उपचारका लागि अन्यत्र जानुपर्ने भएमा पनि सकसमा परेका छन्। कोभिड १९ को संक्रमण फैलिरहेको र मनाङमा पनि संक्रमण देखिसकेकाले स्वाब नमूना संकलन गरी गण्डकी प्रदेश स्थित परीक्षणका लागि पठाउनुपर्ने भएमा समेत समस्या भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज अधिकारीले बताए।

‘पहिरोले सडक अवरुद्ध हुँदा स्वाब नमुना संकलन गरी प्रदेश स्थित स्वास्थ्य निर्देशनालय पोखरा पुयाउन सकिनेछैन, वर्षा सुरु हुनासाथ माथिबाट निरन्तर रुपमा पहिरो खस्दा मनाङवासीलाई रोग फैलिँदासमेत स्वाब पु¥याउन नसकिने हो कि भन्ने चिन्ता परेको छ, त्यसै त स्वाब परीक्षण रिपोर्ट ढिलो गरी आउने गरेको छ,’ प्रजिअ पौडेलले भने, ‘पहिरोले गर्दा कठिन भएकाले बाटो खुलाउने प्रयास भइरहेको छ, तर फेरि अर्को ठाउँमा पहिरो जाने हो कि भन्ने आशंका छ।’ यसरी वर्षामा बाढी, पहिरो र हिउँदमा हिमपातले मनाङमा सडकको समस्या समाधान भने हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.