|

अछाम : पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा बेवारिसे अवस्थामा फेला परेको चितुवाको बच्चालाई जंगलमै छाडिएको छ।

आइतबार बेलुकी स्थानिय जीवन साउदको घरमा नजिकै फेला परेको चितुवाको बच्चालाई अस्थायी प्रहरी पोस्ट बेलखेतको सहयोगमा डिभिजन वन कार्यालय बिनायकमा बुझाइएको बेलखेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेश  नाथबताए। 

अन्दाजी एक महिनाको चितुवाको बच्चालाई सोमबार स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासन र पत्रकारको रोहबरमा फेला परेको ठाउँ नजिकैको कालिका सामुदायिक बनमा छाडिएको छ। ४४ सेन्टिमिटर लम्बाई, १६ सेन्टिमिटर उचाई र डेढ किलो तौल भएको चितुवाको बच्चालाई पुनः जंगलमै छाडिएको डिभिजन वन कार्यालय विनायकका फरेस्टर चन्द्रकान्त उपाध्यायले  जानकारी दिए।

कालिका सामुदायिक वनमा बिगतदेखि चितुवा देखिने गरेको उक्त वनका सचिव गोपाल विष्टको भनाइ छ। जंगलमा चितुवाको बच्चा देखिएपछि स्थानीयहरुलाई जंगलमा जाँदा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.