|
Photo : file

सुनसरी : बुढासुब्बा गोल्डकपको १९ औ संस्करण बिहीबारदेखि धरानमा सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्बलले जानकारी दिएको छ।

२ विदेशी सहित १० टिमको सहभागितमा धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा फागुन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

प्रतियोगिताका लागी प्याराफिट,स्टेज निर्माण तथा खेलमैदानको मर्मत सम्भार लगायतमा सम्पुर्ण तयारी पुरा भएको राईले जनकारी दिए।

प्रतियोगितामा भाइचुङ्ग भुटियाको क्लब युनाइटेड सिक्किम एफसी भारत र दुर्गापुर स्टील कलकत्ताको सहभागिता रहेको छ।

नेपालबाट पुलिस र सशस्त्रका विभागिय टोलीसहित संकटा क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर, रुपन्देही ११, पोखरा र आयोजकका २  टोली सहभागि छन्। प्रतियोगिताको उद्‍घाटन खेलमा भोली पाहुना टोली दुर्गापुर स्टी कोलकता र संकट क्लबबीच प्रतिस्पर्धा हुनेछ।

यस प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउने छन्। त्यस्तै उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.