काठमाडौं : रुकुम घटनाको पीडितलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म पुगेको थियो। सरकारले रुकुम घटनालाई गम्भीर रुपमा नलिएको भन्दै प्रदर्शनकारीले लालटिन बोकेर नाराबाजी गरेका थिए।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले रुकुम घटनालाई सरकारले गम्भीर रूपमा नलिएको भन्दै गएको जेठ ११ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन्। रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते दलित केटा र मल्ल थरकी केटीबीच विवाह हुन लागेको निहुँमा ६ जना मारिएका थिए।
त्यस घटनामा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए। त्यसैगरी रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको पनि हत्या भएको थियो। उनीहरु सबैको शव भेरी नदी आसपास भेटिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।