|
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनमा बसेकाहरु घर जाँदै ।

बाँके : बाँकेका स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्या कम हुँदै गएको छ।

११४ वटा क्वारेन्टाइनमा हाल ६८१ पुरुष र १३५ महिला गरी ८१६ जना मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनले भने, ‘भारतबाट आउनेको संख्यामा कमी आएसँगै क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएको छ।’

हालसम्म १० हजार ६२४ जना क्वारेन्टाइनमा बसेर घर फिर्ता भएका छन्। यहाँको क्वारेन्टाइनमा रहेका आठ हजार ८४२ जनाको आरडिटी परीक्षण गरिएको छ। २६९ जनालाई आरडिटी परीक्षण नगरी घर पठाइएको छ। बाँकेका क्वारेन्टाइनमा ६ हजार २०८ वटा शय्या छ। 

बाँकेमा ३५० जना कोरोना संक्रमित फेला परेका छन् भने दुईजनाको मृत्यु भएको छ। पिसिआरका लागि ६ हजार ७५१ जनाको स्वाब संकलन गरिएकोमा ६ हजार १८२ जनाको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए। उनले भने, ‘संकलन भएका स्वाब मध्ये दुई सय १९ वटा स्याम्पलको जाँच प्रक्रियामा रहेको छ।’

हालसम्म १९ महिला र २७४ जना पुरुष कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। ६४ जना कोरोना संक्रमितले आइसोलेशन सेन्टरमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.