|

जाजरकोट : लगातारको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ।

आयतबार राति देखि अवरुद्ध भएको सडकमा दर्जनौं ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। छिन्चु–जाजरकोट सडक  खण्डअन्तर्गत छेडाबजार खलंगा सडक पूर्णरुपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधनहरु बीच बाटोमा रोकिएका छन्। भेरी नगरपालिकाको भुरचौरमा तीन ठाउँमा भारी सडक भासिएको छ।

त्यस्तै जाजरकोट खलंगा पाँचकाटिया हुँदै कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्मसम्म जोड्ने सडक समेत अवरुद्ध भएको छ । वर्षाका कारण भत्किएको सडक कहिलेसम्म मर्मतसम्भार हुन्छ भन्ने केही अनुमान नभएको प्रजिअ पन्तले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.