|

बागलुङ : जिल्लाबाट एकै दिन ६८ जना कोरोना जितेर घर फर्किएका छन्। संक्रमण पुष्टि भएर विभिन्न आइसोलेसनमा बस्दै आएका उनीहरुमा दोस्रो पटक गरिएको जाँचका क्रममा कोरोना संक्रमण नरहेको पुष्टि भएको हो। 

धौलागिरि अस्पतालको आइसोलेसन र धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचार गराइरहेका ५३ जना डिस्चार्ज भएका छन्। गण्डकी प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको दोस्रो पटकको कोरोना परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएको हो। सोमबार नै रिपोर्ट नेगेटिभ आएका गलकोट नरेठाँटी स्वास्थ्य चौकी आइसोलेसनका १५ जना पनि मंगलबार मात्रै डिस्चार्ज भएका छन् ।

बाँकी सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोखरेलले बताए। यसअघि जिल्लाकै गलकोट नगरपालिका–२ नरेठाँटी आइसोलेसनमा रहेका १५ जना पनि मंगलबारै घर फर्किएका छन्। उनीहरुको सोमबार साँझ नै कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको थियो। डिस्चार्ज भएका सबैलाई एक साता होम क्वारेन्टाइनमा बस्ने मन्जुरीसहित घर पठाइएको डाक्टर पोखरेलले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.