|

धनुषा : धुर्मुस–सुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिवासमा सुरु गरेको नमुना बस्तीको निर्माण कार्य वैशाखभित्र सकिने जानकारी दिएको छ। आज जनकपुरमा सिताराम कट्टेल 'धुर्मुस' ले पत्रकार सम्मेलन गर्दै बस्ती निर्माणको झन्डै ४५ प्रतिशत काम सकिएको बताए। उनले बस्ती निर्माणका लागि  आर्थिक सहयोग गर्न सबैसँग अपिल गरे।

आर्थिक, शैक्षिक र समाजिक रुपमा पिछडिएको मुसहर समुदायका लागि अढाई करोड लागतमा सुविधासम्पन्न बस्ती निर्माण गर्ने धुर्मुसको योजना छ। उनले वैशाखभित्र ५० घर परिवारका लागि सुविधा सम्पन्‍न नमुना बस्ती निर्माण हुने बताए। धुर्सुस सुन्लती फाउन्डेशनले यसअघि काभ्रेको पहरीडाँडामा पिछडिएका पहरी समूदायका भूकम्पपीडितका लागि 'नमूनाबस्ती' तथा सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि 'नमूना बस्ती' निर्माण गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.