|

जनकपुरधाम : सरकारले ल्याएको नागरिकता विधेयकको विरोध सिके राउत नेतृत्वको जनमत पार्टीले पनि गरेको छ। 

पार्टीका कार्यकर्ताहरुले सिरहाको औरही गाउँपालिका १ कुण्डलपुरमा विधेयकविरुद्ध भैंसी नै जुलुसमा निकालेका छन्। दर्जनौं भैंसीको जीउमा 'नागरिकता विधेयक खारेज गर', 'केपी ओली मुर्दावाद', 'महिलालाई हेप्न पाइँदैन' जस्ता नारा लेखेर प्रदर्शन गरिएको छ। 

विधेयक मधेसविरोधी भएकाले विरोधस्वरुप भैंसी जुलुस निकालिएको पार्टीका नेता रामकरण यादवले जानकारी दिए। ओली सरकारलाई ‘भैंसी सरकार’को संज्ञा दिँदै विधेयक खारेज नगरे मधेसभर कडा आन्दोलन गरिने उनले चेतावनीसमेत दिए।

नेकपाको निर्णयपश्चात् सरकारले ल्याएको नागरिकता संशोधन विधेयकमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान छ। सो प्रावधान मधेसविरोधी रहेको भन्दै जनमत पार्टी, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले विरोध गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.