उही कुरा मीठै लाग्ने सम्बन्ध यो गाढा हुँदा
त्यही कुरा बिषै हुने सम्बन्ध यो टाढा हुँदा
सोचेजस्तो कहाँ हुन्थ्यो,
सानै पीरले त मान्छे डाकै छोडी किन रुन्थ्यो?
उही मन हो, मान्छे उही, ज्यानै दिन तयार हिजो
त्यही मन हो, त्यही मान्छे, ज्यानै लिन तयार आज
देखेजस्तो कहाँ हुन्थ्यो,
सानै पीरले त मान्छे डाकै छोडी किन रुन्थ्यो?
सिसा जस्तै सम्बन्ध भए, फुट्न थाले अचेल
नङ र मासु पनि हेर, छुट्न छुट्न थाले अचेल
बैगुनीले किन सुन्थ्यो,
सानै पीरले त मान्छे डाकै छोडी किन रुन्थ्यो?
तपाईंको ईमेल गोप्य राखिनेछ ।