राजनीति

नेकपा वरिष्ठ नेता नेपाल भेट्न कोटेश्वर पुगिन् चिनियाँ राजदूत

फाइल फाेटाे
असार २२, २०७७

    काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच  भेटवार्ता भएको छ। 

    आइतबार साँझ नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेकपामा विद्यमान अन्तरपार्टी संघर्षमा उक्त भेट केन्द्रित रहेको बताइएको छ।  पार्टीमा भएको पछिल्लो अवस्था बारेमा राजदूत यान्छीले  चासो राखेको माधव नेपाल निकट स्रोतले जनाएको छ।

    त्यस्तै राजदूत यान्छीले माधव नेपाललाई पार्टीलाई एकताबद्ध बनाउन पहल गर्न पनि आग्रह गरेको स्रोतको दावी छ। यसअघि विवाद उत्कर्षमा पुग्दा राजदूत होउले प्रधानमन्त्री केपी शर्मा ओली,नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लगत्तै माधव नेपालसँग  वार्ता गरेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]