राजनीति

नेकपा स्थायी कमिटी बैठक स्थगित

असार २२, २०७७

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

    नेतृत्वमा देखिएको विवादका कारण यसअघि पनि स्थगित भएको बैठक पुनः दुई दिन पछि धकेलिएको हो। बैठक पर्सि बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

    गत असार १० गते सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा विभिन्न समसामयिक विषयहरुमा छलफल गर्ने भनिए पनि प्रधानमन्त्रीको राजीनामा माग भएपछि बैठक तनावपूर्ण बन्दै आएको छ। नेतृत्वको विवादका कारण पछिल्ला केही दिनयता बैठक स्थगित नै गरिएको छ।

    शीर्ष नेताहरु दुई खेमामा विभाजित भएर राजीनामा दिनै पर्ने र दिँदै नदिने अडानका कारण नेकपा फुटको संघारमा पुगेको छ। पार्टीको आन्तरिक विवादकै क्रममा प्रधानमन्त्री ओलीले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गराएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा ल्याउने प्रयास भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]