|

काठमाडौं : बालाजु माछापोखरीमा शुक्रबार दिउँसो ट्रकको ठक्कर स्कूटरमा सवार दुई महिलाको मृत्यु भएको छ। मध्याह्न १२ बजे ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटरमा सवार मकवानपुर मनहरिकी ३८ वर्षीया रिमाकुमारी राई र धादिङ खाल्टेकी ३५ वर्षीया सोनिया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो। दुर्घटनामा संलग्न सवारी साधनलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक भने फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.