खहरे आसपास र डुबान हुने क्षेत्रमा उच्च जोखिम

|

काठमाडौं : बिहीबारदेखि चार दिनसम्म देशका विभिन्‍न स्थानमा वर्षकै धेरै पानी पर्ने भएको छ। प्रदेश १,२, बागमती र गण्डकी प्रदेशमा आइतबारसम्म चार दिन धेरै पानी पर्ने भएकाले सचेत रहन गृहमन्त्रालयले आग्रह गरेको छ।

पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदी नालामा बाढी आउने भएकोले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह छ। लामो वर्षाले पहाडी भेगको भू-भाग गलिसकेको कतिपय ठाउँमा पहिरो पनि जान सक्ने गृहमन्त्रालयले जानकारी दिएको छ।

'शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'तराईका झापा, मोरङ सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा,सर्लाही, बारा, पर्सा,रौतहट र चितवन लगायत होचो ठाउँलाई डुबाउने भएकोले बेलैमा सचेत रहन आग्रह गर्दछौँ।'

त्यसैगरी यी चार प्रदेशका अलावा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई समेत सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ।

 

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.