|

काठमाडौं :  सार्वजनिक शान्ति खलल पारेको भन्दै कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ।  गत असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रममा सार्वजनिक हित, सामाजिक सद्भाव र नैतिकता विरुद्ध रहेको भन्दै छिपहरमाई-५ घर भएका अशोक कुमार  कुशवाहाले क्षेत्रीविरुद्ध उजुरी दर्ता गराएका हुन्।

मधेसी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गर्ने कार्य गरेको भन्दै चौतर्फी विरोध भएको छ।

मधेसी महिलालाई जिस्क्याउने, होच्याउने, अपमान गर्ने र साथै अमर्यादित कार्य गरेको र गर्न लगाएको भन्दै क्षेत्रीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ को उपदफा (१) बमोजिम ऐनको दफा  दफा ६५ को उपदफा (२) बमोजिम हदैसम्मको कारबाहीका लागि मुद्धा दर्ता भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.