|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ। राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा ‘राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौँ’ रहेको छ। 

चारवर्षे कार्यकालमा गरिएको महाधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष कमल थापाले  गरे। यही फागुन ९ गतेसम्म महाधिवेशन भृकुटीमण्डपमा जारी रहने छ।

पञ्चायती पृष्ठभूमि भएका नेपाली राजनीतिमा खारिएका नेताहरुको बाहुल्यता रहेको राप्रपा व्यवस्थापिका–संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ। महाविधेशनले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। 

उक्त पार्टीको शीर्ष नेतृत्वमा पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा रहेका छन्। महाधिवेशनमा भाग लिन स्वेदश तथा विदेशबाट गरी तीन हजार ३१५ प्रतिनिधिको सहभागिता छ। 

महाधिवेशनलाई सफल तुल्याउन ३०० पर्यवेक्षक परिचालन गरिएको छ। महाधिवेशनलाई भव्य र सव्य बनाउन महाधिवेशनस्थल वरपर पार्टीका झन्डा र ब्यानरबाट झकिझकाउ तुल्याइएको छ भने सुरक्षा व्यवस्थालाई कडा तुल्याइएको छ।

हेर्नुस् कार्यक्रमका २० फोटोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.