साउन १ देखि सबै मिडियाले लागू गर्नुपर्ने

|

काठमाडौं : श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धी व्यवस्था नेपाल राजपत्रमा प्रकाशित भएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार तथा कर्मचारीको तलब पूनरावलोकन गर्न सरकारसमक्ष सिफारिस गरेको थियो।

समितिको सिफारिसलाई मन्त्रिपरिषद बैठकले पारित गरी राजपत्रमा प्रकाशित भएको हो। साउन १ गतेदेखि लागू हुने गरी सबै सञ्चारमाध्यमले यो व्यवस्था मान्नुपर्ने छ।

यस्तो छ व्यवस्थाः

  • ऐन पूर्ण रुपमा लागू हुने सञ्चार प्रतिष्ठान (‘क’ वर्गका सबै छापामाध्यम, सबै टेलिभिजन, ५०० वाटभन्दा माथिका एफएम रेडियोहरू, सबै सरकारी सञ्चारमाध्यम, रेडियो नेटवर्कहरू र एकभन्दा बढी स्टेशन भएका सबै एफएमहरू) का श्रमजीवी पत्रकारका लागि १९,५०० रुपैयाँ तथा कर्मचारी/कामदारको हकमा १४,४०० रुपैयाँ।
  • अन्य सञ्चार प्रतिष्ठानका पत्रकारको लागि १४,१०० रुपैयाँ र त्यस्ता प्रतिष्ठानका कर्मचारी/कामदारको हकमा १२,५०० रुपैयाँ।
  • राष्ट्रिय मिडियाका पत्रकारलाई मासिक १,००० रुपैयाँ र अन्य मिडियाका पत्रकारलाई मासिक ५०० रुपियाँ सञ्चार खर्च।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.