|

काठमाडौं : बिरामी भएर काठमाडौंको ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला मंगलबार मन्द मुस्कानमा देखा परे।

थाहाखबर टिम मंगलबार दिउसो साढे ४ उनलाई भेट्न अस्पताल पुग्दा उनी आफै उठेर अस्पतालको बरान्डा आइपुगे। अस्पतालको झ्यालबाट बाहिरको वातावरण अवलोकन गरे, उपचारमा संलग्न चिकित्सकसँग एकछिन रमाइलो भलाकुसारी गरे। उनी अस्पतालले लगाइदिएको ड्रेसमा थिए।

शशांकको उपचारमा संलग्न ओम अस्पतालका चिकित्सक डा. लवनरसिंह जोशीले शशांकको अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन्। 

हेर्नुस् डा. शशांकका फोटोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.