|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो।

 योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सनिबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या १ सय ३ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ३७ रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.