|

काठमाडौं : भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रमेश लेखक र भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच महाकाली नदीमा पुल निर्माण र विभिन्न १५ वटा सडक आयोजना निर्माणका लागि ऋण सहयोग स्वीकृतिको अन्तिम सहमति पत्र आदानप्रदान भएको छ।

भारतीय रेलमन्त्री प्रभाकर र यातायात मन्त्री लेखकबीच महेन्द्रनगरमा महाकाली नदीमाथि चार लेनको पुल बनाउन र विभिन्न स्थानमा १५ वटा सडक निर्माण गर्न भारत सरकारले दिने करिब ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण स्वीकृतिको अन्तिम सहमतिपत्र आपसमा आदानप्रदान भएको हो।

पूर्वाधार शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय रेलमन्त्री सुरेश प्रभाकर र यातायात मन्त्री लेखकबीच आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिपत्र आपनप्रदान भएको हो। ऋण स्वीकृतिका लागि अन्तिम सहमति पत्र हस्तानतरणपछि यातायात मन्त्री लेखकले भारतले नेपालको पूर्वाधार विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे।

सहमतिपत्र आदानप्रदानपछि भारतीय रेलमन्त्री सुरेश प्रभाकरले नेपाल–भारत सम्बन्ध उच्चस्तरको भएको भन्दै आगमी दिनमा पनि नेपालको पूर्वाधार विकासमा भारतले सधैं साथ दिने प्रतिवद्धता व्यक्त गरे।

द्वीपक्षीय भेटमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतो, भारतीय राजदूत रणजीत राय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङलगायत भारतीय प्रतिनिधि मण्डलका सदस्यको सहभागिता थियो। दुई देशका प्रतिनिधिबीच भएको छलफलमा हुलाकी सडक निर्माणमा भारतीय सहयोग, नेपालमा रेल सेवाको विकास र निर्माणधीन आयोजनाहरुको प्रभावकारिताबारे पनि छलफल भएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.