|

बुटवल : रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार क्षेत्र अहिले तनाबग्रस्त बनेको छ। प्रहरी चौकी वडवलियामा स्थानीयले ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ।

झडपको क्रममा प्रहरीको साथमा रहेको लङ ब्यारेल गन नामको हतियार लुटिएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

स्थिति नियन्त्रणमा ल्याउन जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली मर्चवार क्षेत्रमा गएको रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर थापाले जानकारी दिए।

हिजो शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो।  सोही घटनापछि राउतकै कार्यकर्ताले प्रहरी चौकीलाई निशाना बनाएको प्रहरीले आशंका गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.