|

चितवन : चितवनमा अनुमति विना कक्षा सञ्चालन गर्ने १९ निजी विद्यालयलाई शिक्षा कार्यालयले कारवाही गरेको छ।

शिक्षा नियमावली अनुसार उनीहरुलाई कारवाही गरेर विद्यार्थीहरुले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिए।

अर्यालका अनुसार चितवनका ती विद्यालयहरुले कम्तीमा १ देखि ५ वटासम्म कक्षा अनुमति विना सञ्चालन गरेको पाइएको छ। यसरी कक्षा सञ्चालन गर्ने सबै आधारभूत तह पढाउने विद्यालयहरु रहेका छन्। विद्यार्थी र अभिभावकमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै अहिले विद्यालय र कक्षा सार्वजनिक नगरिएको र सबै व्यवस्थापन गरेपछि सार्वजनिक गरिने कार्यालयले जनाएको छ।

नियमावलीले यसरी कक्षा सञ्चालन गर्ने विद्यालयलाई कम्तिमा रु ५ हजार देखि २५ हजार सम्म जरिवाना लगाउन सक्ने उल्लेख भएअनुसार प्रकृति हेरेर जरिवाना लगाईएको कार्यालयले जनाएको छ।

उनीहरुले अर्को बर्ष कक्षा चलाउन नपाउने गरी लिखितपत्र पेश गर्न समेत भनिएको अर्यालले बताए ‘केहीले जरिवाना तिर्न थालेका छन्, लिखित प्रतिबद्धता समेत माग गरेका छौं', उनले भने, 'विद्यालयहरुलाई कुल स्कुलमा पठाउने हो त्यो सबै माग गरेका छौं।’

चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन्। यहाँ कुल १ लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.