|

विराटनगर : नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वाचित भएका छन्। प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेदवार पोखरेलले प्रेस युनियनसहितको प्यानलका अन्नतराज न्यौपानेलाई १८ मतअन्तरले पराजित गरेका हुन्। पोखरेलले ९५ र न्यौपानेले ७७ मत ल्याएका थिए।

यसैगरी उपाध्यक्षमा प्रेस युनियन, संघीय प्रेस फोरम, मधेसी पत्रकार समाजलगायतको संयुक्त प्यानलका उम्मेद्वार कुमोद अधिकारी विजयी भएका छन्। मत परिणाम अनुसार अधिकारीले ८५ र प्रेस चौतारी र प्रेस सेन्टरका नवराज कट्टेलले ८२ मत ल्याए।

महिला उपाध्यक्षमा भने दुवै प्यानलका उम्मेद्वार इन्दिरा भट्टराई र सुशीला पाठकले बराबर ८३ मत ल्याएपछि आधा आधा कार्यकाल उपाध्यक्ष हुने निर्वाचन समितिले जनाएको छ। 

यस्तै सचिवमा अर्जुन आचार्यले (९५), खुल्ला सह–सचिवमा सन्तोष राई (८९), समावेशी सह–सचिवमा सत्यनारायण शर्मा (१०२), कोषाध्यक्षमा सन्तोष सिग्देल (१०२) विजयी भएका छन्।

यस्तै अन्य सदस्यहरुमा ज्योति चौहान (९१), प्रेम देवान (१११), नवीनचन्द्र कर्ण (९१), किशोर विश्वकर्मा (९०), ध्रुव भट्टराई (१०१), हरि अधिकारी (१०५), कौशल निरौला (८९), सरोज बस्नेत (८६), श्रीमन्त भट्टराई (९४), सुमन घिमिरे (९२) विजयी भएका छन्। निर्वाचित खुला उपाध्यक्ष अधिकारी र सदस्य कौशल निरौलाबाहेक अन्य सबै पदाधिकारी पोखरेल प्यानलका हुन्।

यस्तै केन्द्रीय सभासद (पार्शद) मा अजित तिवारी, विजय खतिवडा, विक्रम लुइटेल, विक्रम निरौला, विनोद भण्डारी, गोकुल पराजुली, कमल रिमाल, लीलावल्लभ घिमिरे, महेन्द्र विष्ट, मोहन भण्डारी, सञ्जीव खनाल विजयी भएका छन्। यस्तै उद्धव घिमिरे, यज्ञप्रसाद शर्मा, अर्जुन जम्नेली राई, विनु तिम्सिना, ललिता भट्टराई, शान्ति गौतम दाहाल, उमा थापा पोखरेल पनि केन्द्रीय प्रतिनिधिमा विजयी भएका छन्।  

यस्तै प्रदेश पार्शदमा अविजाल बिष्ट, वासु पौडेल, विजय धिमाल, विनोद प्रभात घिमिरे, ब्रहमदेव यादव, धनबहादुर बस्नेत, ध्रुव रिजाल, दिनेश सुब्बा (लिम्बु), केशरबहादुर चौहान, केशवप्रसाद भट्टराई, किशन शाही, किशोर बस्नेत, लोकबहादुर चौहान, माधव अधिकारी, मोहन भट्टराई, नेत्र पी. अधिकारी, प्रल्हाद गुरागाई, पुष्पराज थपलिया, सुदीप कोइराला, सुमन सुस्केरा, सुरेश कार्की विजयी भएका छन्। यस्तै सूर्य नारायण यादव, टेक प्रसाद अधिकारी (टेकेन्द्र) र यादव विष्ट पनि प्रदेश पार्शदमा विजयी भएका छन् ।

एक सय ८३ मतदाता रहेको पत्रकार महासंघ मोरङको अधिवेशनमा १ सय ७५ जनाले मतदान गरेका थिए। नयाँ कार्यसमिति तथा केन्द्रीय र प्रदेश प्रतिनिधिको ५९ जनाका लागि दुई प्यानलबाट एक सय ५ जनाको उम्मेदवारी परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.