|

काठमाडौं : भारतद्वारा अतिक्रमित भूमि समेटेर सार्वजनिक गरिएको नक्साको जस लिन सत्तारूढ नेकपा होडबाजी देखिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्देशन दिएर मात्रै नयाँ नक्सा सार्वजनिक भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसमा आपत्ति जनाएका छन्।

आज सामाजिक संजाल फेसबुकमा लेख्दै नेकपा प्रचार विभागका उपप्रमुखसमेत रहेका थापाले अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै प्रश्न गरेका छन्, ‘यसरी दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुको साटो बरु आफू प्रधानमन्त्री रहेको बेला पहिल्यै यो नक्सा यसैगरी प्रकाशित गरेर इतिहास रचेको भए हुँदैनथ्यो होला र? निर्देशन दिएको भरमा हुने यति सजिलो काम किन आफैंले किन नगरेको होला? उनले केन्द्रीय कमिटीले सरकारलाई नक्सा प्रकाशन गर्न निर्देशन दिएको कुरा पनि गलत भएको भन्दै बैठकको निर्णय नै सार्वजनिक गरेका छन्।

प्रचण्डले केही दिनअघि चितवन र हिजो नेकपाका संस्थापक नेताहरुको स्मृति दिवसको कार्यक्रममा नक्सा प्रकाशनमा पार्टी भित्रै कसैलाई दलाल र कसैलाई राष्ट्रवादी भन्दै देवत्वकरण गरिएकोमा असन्तुष्टि जनाएका थिए।

उनले आफूले पार्टीको सचिवालय बैठक राखेर सरकारको नीति तथा कार्यक्रममा अतिक्रमित भूमि समेटर नयाँ नक्सा सार्वजनिक गर्ने विषय थप्न निर्देशन दिएको बताएका थिए। विपक्षी दलका नेताको यसमा कुनै गुनासो र हीनता प्रकट नहुने सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ? भन्दै उनले प्रश्न गरेका छन्।

सूर्य थापाको स्टाटस :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.