|

नवलपरासी : पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले ठूलो परिणाममा भारतबाट अवैध रुपमा ल्याइएका खसी बरामद गरेको छ। सुस्ता गाउँपालिका-५ रतनगञ्जस्थित भारतबाट लुकाईछिपाई अवैध रुपमा खसी बोका ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलासका लागि सशस्त्र प्रहरीको टोली खटिएको थियो।

खोजतलास गर्ने क्रममा रतनगञ्जस्थित छाप्रोमा राख्दै गर्दा सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण बेलासपुर र अस्थायी सुरक्षमा वेस बलिनगरबाट खटिएको टोलीले खसी फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिएका छन्। बरामद गरिएका ८५ वटा खसीप्रति खसी २० हजारका दरले १७ लाख बराबर रहेको खनियाले बताए। बरामद गरिएका खसीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेषपुर पठाइसकिएको उनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.