|

 अमेरिकाका वरिष्ठ टेलिभिजनकर्मी रिजस फिलविनको ८८ वर्षको उमेरमा निधन भएको छ। फिलविनको निधन भएको उनको परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ।

टक सो होस्ट, अभिनेता र प्रस्तोता फिलविनले सन् १९५० को मध्यतिरबाट टेलिभिजनमा काम गर्न थालेका थिए। उनी ‘लाइभ विथ रिजस’ नामक टक सोबाट चर्चित थिए। उनले ‘हू वान्ट्स टू बी अ मिलिनिएर’ नामक चर्चित टेलिभिजन कार्यक्रम पनि सञ्चालन गरेका थिए। 

सन् २०११ मा उनले अवकास लिएको घोषणा गरेका  थिए। उनले २५ वर्ष भन्दा बढी समयसम्म टेलिभिजनमा काम गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.