|

जनकपुरधाम : धनुषाका एक कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल सिल गरिएको छ। संक्रमण फैलिन नदिन अस्पतालको इमरजेन्सी वार्ड र आइसियु वार्ड आज बिहानदेखि सिल गरिएको हो। अस्पतालका निमित्त प्रमुख डा. जामुन सिंहले इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनका लागि सिल गरिएको जानकारी दिए।

उनका अनुसार जिल्ला विपद व्यवस्थापन समितिअन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको बैठकले मृतक बिरामी भर्ना गरिएको इमर्जेन्सी र आइसियु वार्ड सिल गर्ने निर्णय गरेको हो। मृतकको शव व्यवस्थापन गर्ने जिम्मेवारी पनि नेपाली सेनालाई दिने निर्णय भएको छ।

शहीदनगर नगरपालिकाका ८ का ३८ वर्षिय व्यावसायीको आइतबार मृत्यु भएको थियो। शनिबार उनी उपचारका लागि अस्पताल पुगेका थिए। स्रोतका अनुसार उनको उपचार चिकित्सकले पिपिई बिना नै गरेको थियो। मृतकको उपचारमा संलग्न चिकित्सक र उनलाई अस्पताल लगेका आफन्तसहित सम्पर्कमा आएका सबैको पिसिआर परीक्षण गरिने अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.