|

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली यो कार्यकाल प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव अघि सारेका छन्। 

पार्टीभित्रको विवाद समाधानका लागि उपाध्यक्ष गौतमले पाँचै वर्ष प्रधानमन्त्री ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म कार्यकारी अध्यक्ष रहने प्रस्ताव गरेका हुन्। 

पार्टीको एकता महाधिवेशन सहमतिको आयोजना गर्नुपर्ने समेत बताएका छन्। प्रधानमन्त्रीका कामहरुको पार्टीले हस्तक्षर नगर्ने। तर, सरकारले राष्टिय तथा अन्तराष्ट्रिय महत्वको बिषयमा निर्णय गर्नुपूर्व पार्टी सचिवालयसँग परामर्श गर्नुपर्छ उनले भनेका छन्, प्रशासन तथा सुरक्षा निकायका कर्मचारिको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरि कार्यानवयन गर्नुपर्छ।

पार्टी केन्द्रीय सचिवलायको सुझाव । परामर्शमा मन्त्रिपरिषद पुन गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुपर्छ उनले भनेका छन, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श गर्नुपर्छ। 

अबदेखि पार्टीको बैठक पार्टी कार्यालयमा गर्नुपर्ने समेत माग गरेका छन्। उनले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको निर्देशनमा नेकपा एमाले पार्टी दर्ता भएको आरोप लगाउदै दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए। तर, पछिल्ला दिनहरुमा उपाध्यक्ष गौतम आफ्नो भनाइबाट पछि हटेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.